काठमाडौं । सेयर बजारमा देखिएको उत्साह एक दिन पनि टिकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजार उकास्ने भन्दै सोमबार राति सार्वजनिक गरेको सुधारका प्रस्तावले पनि सेयर बजारमा खुसीको माहौल ल्याउन सकेन । मंगलबार ४८ अंकले नेप्से बढेको थियो भने कारोबार रकम पनि आठ अर्ब पुगेको थियो । तर बुधबार भने नेप्से २१ अंकले ओरालो लागेको छ । कारोबार रकम पनि चार अर्बमा सीमित भएको छ । १० वटा ठुला ब्रोकरको कारोबार हेर्दा सातवटाले किनेको भन्दा धेरै बेचेको देखिन्छ। पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक १०२.०६ अंक बढेको थियो। बजार बढेको मौकामा लगानीकर्ताहरुले ... The post १०२ अंकको वृद्धिपछि नेप्सेमा गिरावट, १३ वटै उपसमूह राताम्य appeared first on Kalika Khabar.