नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादभन्दा काम र परिणाममा केन्द्रित हुन आग्रह गरेकी छिन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनदेखि पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय कुटनीतिसम्म सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताईन् । देवकोटाले आविष्कार केन्द्रका प्रमुख आविष्कारकसमेत रहेका मन्त्री पुनको थकान र निराशाजस्तो देखिएको अवस्थाप्रति