काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारको उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको भन्दै आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले सरकारले विपद् प्रतिकार्यमा आम नागरिकलाई सहभागी हुने वातावरणसमेत बनाउन नसकेको आरोप लगाएका छन् । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सामाजिक सञ्जालमा आएका सूचनाभन्दा