नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासन तथा मुलुकको आर्थिक भविष्यबारे सरकारसँग प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि राज्यको उपस्थिति पीडित नागरिकले कहिले महसुस गर्ने भन्ने प्रश्न उठाए । उनले विपद्को समयमा राज्य कहाँ हुन्छ र राज्य उपस्थित भएको अनुभूति