सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

  • बुधबार ३१ भौ २०८३ ०९:४७ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेको बताएका छन् । बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क र छलफल गरिरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। हिजो भर्खर स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनुभएको छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो।’ उनले सरकार र ... The post सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने appeared first on Kalika Khabar.