काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ । ‘शाओमी फर कम्युनिटी’ अभियानअन्तर्गत कम्पनीले २०० सेट राहत सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरेको हो । हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले भान्सामा आवश्यक सामग्रीसहितका