चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार छ: सञ्चारमन्त्री तिमिल्सिना

  • बुधबार ३१ भौ २०८३ ०९:१६ AM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । विश्वप्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेज (अस्कर अवार्ड)को ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’को टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सञ्चारमन्त्री डा तिमिल्सिनाले