काठमाण्डु– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन् । उनीहरुबीच बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिदाइ भेटवार्ता भएको हाे । भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपाल–भारतबीच ऊर्जा