काठमाण्डु – नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विपद्को आडमा अत्यधिक महंगी र कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। केसीले बाढी तथा पहिरोपछि बजारमा अत्यधिक मूल्यवृद्धि भएको र तत्काल बजार अनुगमन गरी महँगी नियन्त्रण