परराष्ट्र सचिवसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

  • बुधबार ३१ भौ २०८३ ०९:१३ AM
काठमाण्डु- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्। राजदूत श्रीवास्तवले बुधबार परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्र सचिवसँग बिदाइ भेट गरेका हुन्। भेटका क्रममा परराष्ट्र सचिव राईले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत श्रीवास्तवले पुर्‍याएको योगदानको प्रशंसा गरे। यससँगै ऊर्जा, सीमापार पूर्वाधार र जनस्तरको सम्बन्धका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न