बाढीपहिरोको नाममा कालोबजारी भयो, सरकार मौन बस्न मिल्दैन : अर्जुननरसिंह केसी

  • बुधबार ३१ भौ २०८३ ०८:२२ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढीपहिरोको आडमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिप्रति सरकार मौन बस्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले संकटको मौका छोपेर कालोबजारी भइरहेको आरोप लगाए । मौज्दातमा रहेको खाद्यान्नमा समेत अत्यधिक मूल्य बढाइएको उनको भनाइ छ । ‘बाढीपहिरोको आडमा आम जनताको भान्छामाथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरंकुश मूल्यवृद्धिले