काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्र गठन गरिने भएको छ । बुधबार भएको सर्वदलीय छलफलमा आगामी सात दिनभित्र संयन्त्र गठन गर्ने सहमति भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीका अनुसार बैठकमा सर्वदलीय संयन्त्र गठनसँगै भोटेकोशी बाढी घटनाबारे संसदीय समितिमार्फत छानबिन गर्ने