भारतीय राजदूत श्रीवास्तवले गरे परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

  • बुधबार ३१ भौ २०८३ ०८:२७ AM
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न भएकोमा बधाई दिएका छन्। उनले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। भेटमा खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा