चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह

  • बुधबार ३१ भौ २०८३ ०१:१० PM
झापा । झापा उद्योग वाणिज्य सङ्घले आगामी बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै व्यवसायीलाई उपभोक्ता अधिकारको संरक्षण र बजार अनुशासन गर्न आग्रह गरेको छ । सङ्घले व्यापारीलाइ बिक्री गरिने वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) तथा व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने स्थानमा राख्न भनेको छ ।  सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले चाडपर्वका समयमा बजारमा चाप बढ्ने भएकाले उपभोक्तालाई सहज हुनेगरी व्यवसाय सञ्चालन गर्न तथा नेपाल सरकारले तोकेका मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । यसैबीच, चाडपर्वलाई मध्यनजर गर्दै सङ्घले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म साप्ताहिक बजार बन्दको व्यवस्था अस्थायी रूपमा हटाएको छ । उक्त अवधिमा उद्योग, पसल तथा व्यवसाय नियमित सञ्चालन गर्न सङ्घले व्यवसायीलाई आग्रह गरेको छ । आगामी कात्तिक ३० गतेपछि भने साविककै व्यवस्थाअनुसार साप्ताहिक रूपमा उद्योग, पसल तथा व्यवसाय बन्द रहने सङ्घले जनाएको छ ।