सिंहदरबारभित्रै रास्वपा सांसदको गाडीलाई यूएनडीपीको कारले ठक्कर दिएपछि…

  • बुधबार ३१ भौ २०८३ ०८:११ AM
काठमाडौं । प्रशासकीय केन्द्र सिंहदरबारभित्रै कार दुर्घटना भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको हो । बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअगाडि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद भण्डारीको वाग्मती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ