काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्ताबेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताएका छन्। बुधबार आयोजना गरिएको डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। अर्यालले सङ्घीय संसद्लाई प्रविधिमैत्री बनाउँदै नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी भइरहेको बताए। उनले आगामी ५०० वर्षपछि पनि नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य लिइएको स्पष्ट पारे। संसद्का बैठकमा सांसदहरूले व्यक्त गरेका अडियो तथा भिडियो सामग्रीलाई समेत सुरक्षित अभिलेखका रूपमा राखिने उनको भनाइ छ। कार्यक्रममा बोल्दै अर्यालले भने, ... The post ५०० वर्षपछि पनि संसदीय इतिहास भेटिने गरी डिजिटल अभिलेख बनाइने: सभामुख अर्याल appeared first on Kalika Khabar.