भोजपुरमा भेडापालनका लागि स्थानीयलाई अनुदान

  • बुधबार ३१ भौ २०८३ ०६:४० AM
भोजपुर । हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ । पछिल्लो समय भेडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेडा पालनका लागि स्थानीयलाई अनुदान दिएर प्रवद्र्धनमा जोड दिएको हो । भेडापालन व्यवसायको संरक्षणको लागि गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले वडा नं ३ मा भेडापालन व्यवसायलाई प्रोत्साहन गर्न रु