काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको प्रस्तावमा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा विधेयकमाथि दफावार छलफल