काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २७ जना सांसदहरुले अझै पनि सम्पत्ति विवरण नबुझाएको पाइएको छ । रास्वपा संसदीय दलले बारम्बार ताकेता गर्दा समेत सम्पत्ति विवरण नबुझाएपछि उनीहरुको नाम नै सार्वजनिक गरिएको छ । सम्पत्ति विवरण नबुझाउनेमा मोरङ–१ बाट जितेका यज्ञमणी न्यौपानेदेखि काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित राजुनाथ पाण्डेसम्म रहेका छन् ।