हालसालै गएको भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा भौतिक संरचनासँगै सामाजिक र मानवीय अवस्था प्रभावित भएको छ । बाढीले प्रभावित क्षेत्रको भूगोल नै परिवर्तन गर्नुका साथै स्थानीयको नियमित जीवनमा समेत असर पारेको छ । विश्वभरका शुभेच्छुकहरुको चासो र चिन्ता प्रभावित क्षेत्रमा देखिन्छ । प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर फर्किएका सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) का महासचिव सुदर्शन