संन्यास घोषणा गरिसकेका मेस्सी फेरि अर्जेन्टिनाको टोलीमा, अक्टोबर ६ मा खेल्ने

  • बुधबार ३१ भौ २०८३ ०६:५९ AM
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ । उनलाई घरेलु मैदानमा समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने अवसर मिल्ने भएको छ । अर्जेन्टिनाको फुटबल संघ (एएफए) का अनुसार अर्जेन्टिनाले सेप्टेम्बर ३० मा बोलिभिया, अक्टोबर ३ मा बुर्किना फासो र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण