बाढीको क्षति मूल्याङ्कन गर्न रसुवामा २५ सदस्यीय समिति गठन

  • बुधबार ३१ भौ २०८३ ०५:५९ AM
रसुवा : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न रसुवामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ । जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण एक महिनाभित्र सङ्कलन गर्न समितिलाई कार्यादेश दिएको छ । समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा ... The post बाढीको क्षति मूल्याङ्कन गर्न रसुवामा २५ सदस्यीय समिति गठन appeared first on Kalika Khabar.