रसुवा । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ । जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मङ्गलवार सम्पन्न विपद् व्यवस्थापन समितिको