काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले फेरि ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त रकम भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेपछि राष्ट्र बैंकले अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० दिनका लागि निक्षेप तान्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ६०