जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥यायो । सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन ठूला आयोजनासम्म प्रभावित भएपछि पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद्बाट आयोजना कसरी सुरक्षित राख्ने भन्ने प्रश्न उठेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले क्षतिग्रस्त आयोजनालाई पुरानै डिजाइनमा पुनर्निर्माण गर्न नहुने बताएका छन् । शाक्यसँग जलविद्युत् आयोजनामा भएको क्षति, पुनर्निर्माण, बीमा, जोखिम व्यवस्थापन र आगामी आयोजनाको डिजाइनबारे नेपाल न्यूज बैंकले गरेको कुराकानीको सम्पादित अंश : बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किनुभएको छ । त्यहाँको ग्राउन्ड रियालिटी कस्तो पाउनुभयो