काठमाडौं । दलित आन्दोलनसम्बन्धी समाचारको आर्काइभ प्रकाशन गर्दै आएको पत्रिका ‘दलित निगरानी’ले फरक शैलीमा कविता गोष्ठी तथा कवितासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरेको छ। नेपाल इन्टेलेक्चुअल फोरमको सहकार्यमा काठमाडौँमा आयोजित कार्यक्रममा कवि सरोजदिलु विश्वकर्माको नयाँ कवितासङ्ग्रह ‘देश खोजिरहेको मान्छे’को विमोचन तथा ‘कवितामा दलित जागरण’ विषयक कविगोष्ठी गरिएको हो। कार्यक्रममा करिब एक दर्जन कविले दलित समुदायमाथिको उत्पीडन, दमन, छुवाछूत र विभेदका विषयमा आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए। कविगोष्ठीअघि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा