काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकलाई खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार आफ्नो कमजोरी ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, ‘नागरिकलाई खाना पकाउने ग्यासजस्तो अतिआवश्यक