काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न गरेका छन्। ‘एमालेले ग्यास लुकायो’ भन्ने आरोप लागेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहलाई प्रश्न गरेका हुन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकलाई खाना पकाउने ग्यासजस्तो अतिआवश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने, अनि उक्त कमजोरीलाई ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र