काठमाण्डु– सरकारले महिलालाई ६ महिनासम्म तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउने गरी कानून संशोधनको तयारी थालेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न लागिएको जानकारी दिएकी हुन्। प्रस्तावित संशोधनअनुसार सुत्केरी आमालाई ६ महिनासम्मको तलबी बिदा दिने व्यवस्था गरिनेछ। यस्तै, बच्चा जन्मिएपछि आमाको