काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ट्रयाक खोल्ने काम सकिएसँगै भोलिबाट उक्त सडकखण्डमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुनेछन् । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएका थिए । परीक्षण सफल भएपछि नियमित सवारीसाधन