एजेन्सी । चीनले मंगलवार झुच्ये–२ई वाई७ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट स्थानीय समयअनुसार दिउँसो २ः२६ बजे रकेट प्रक्षेपण गरिएको थियो । रकेटले मेगा–कन्स्टेलेसन (ठूलो उपग्रह समूह) निर्माणका लागि प्रयोग हुने १० वटा नेटवर्किङ उपग्रहलाई निर्धारित कक्षामा सफलतापूर्वक पु¥याएको छ । उक्त उडान परीक्षण मिसनलाई पूर्ण