एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरान र खाडी राष्ट्रका विदेशमन्त्रीबीच ओमानमा हुने भनिएको बैठक साउदी अरबको आग्रहमा स्थगित गरिएको बताएका छन् । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बघाईले यस्तो बताएका हुन् । यसअघि ओमानका विदेशमन्त्री सय्यिद बद्र बिन हमद अल बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत बैठक स्थगित भएको जानकारी दिएका थिए । बघाईले