बढ्दो आणविक प्रसारको चिन्ताबीच आइएइएको ७० औँ महासम्मेलन शुरु

  • बुधबार ३१ भौ २०८३ ०४:०३ AM
एजेन्सी । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको ७० औँ महासम्मेलन अस्ट्रियाको भियनामा शुरु भएको छ । बढ्दो भूराजनीतिक तनावबीच बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न सम्मेलनमा आह्वान गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सन्देश भियनास्थित संयुक्त राष्ट्रसंघ कार्यालयकी महानिर्देशक मोनिका जुमाले सम्मेलनमा प्रस्तुत गरे । गुटेरेसले विश्व अहिले गम्भीर