काठमाडौं । विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन् । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिनुभएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन छन् । विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा