किसानको गुनासो सुन्दै सिक्टा सिँचाइ

  • बुधबार ३१ भौ २०८३ ०२:२५ AM
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको कामलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ । आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा लिने सोच बनाएका किसान तथा सरोकारवालालाई लक्षित गरी मङ्गलवार राप्ती सोनारी गाउँपालिका–३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको