भोटेकोशी तटीय बस्तीको जोखिमबारे सांसद गजुरेलको ध्यानाकर्षण

  • बुधबार ३१ भौ २०८३ ०२:४५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले भोटेकोशी नदीमा आउन सक्ने सम्भावित बाढीबाट सिन्धुपाल्चोकका तटीय बस्ती र नागरिकलाई जोगाउन समयमै जोखिम व्यवस्थापन गर्नुपर्ने बताएका छन् । रसुवा जिल्लामा भोटेकोशीले पुर्‍याएको क्षतिलाई स्मरण गर्दै सांसद गजुरेलले सिन्धुपाल्चोक हुँदै बग्ने भोटेकोशीमा पनि त्यस्तै प्रकृतिको बाढी आएमा नदी किनारका थुप्रै बस्ती प्रभावित हुन सक्ने बताएका