गोरखामा हुलाकमार्फत घरमै राहदानी

  • बुधबार ३१ भौ २०८३ ०३:०३ AM
गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । वैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । घरमै राहदानी लिन ६०० जनाले फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिइसकेको उनले जानकारी दिए । बाँकीको राहदानी आउने क्रममा रहेको उनको भनाइ छ