काठमाण्डु – देशका विभिन्न स्थानमा बुधबार वर्षाको सम्भावना छ । दिउँसो केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ ।