प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

  • बुधबार ३१ भौ २०८३ ०३:४१ AM
काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तापक्षबाटै पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने व्यवहार भइरहेको आरोप लगाए । उनले भने, ‘प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै माननीय सदस्यहरूको दायित्व हो र यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ । हामीले धेरै पटक आग्रह गरिसकेका छौँ । यो विषय उठान गरिसकेका छौँ । सरकार पक्षबाट, सत्तापक्षबाट पटक–पटक यो सदनको गरिमा आँच आउने गरी, मर्यादामा आँच आउने गरी व्यवहार भइरहेका छन् र त्यो प्रकारको कार्यशैली र व्यवहार यहाँ प्रकट भइरहेको छ ।’ महरले सदनको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो कि सरकारबाट पनि हो भन्दै प्रश्न गरे । उनले भने, ‘म प्रश्न सोध्न चाहन्छु, के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षहरूबाट मात्रै अपेक्षा गरिएको हो