हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । घाइते चारैजनाको पहिचानसमेत खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ निवासी २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ निवासी ४३ वर्षीय