काठमाडौँ । उच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले तीन जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतमा रजिस्ट्रारमा कार्यरत भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै उच्च अदालत सुर्खेतमा पदस्थापन भएका छन् । त्यस्तै, कास्की जिल्ला अदालतमा कार्यरत न्यायाधीश हिमलाल बेलवासे उच्च अदालतको न्यायाधीश नियुक्त भई उच्च अदालत जनकपुरमा पदस्थापन भएका छन् । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशकमा कार्यरत गजेन्द्रबहादुर सिंह पनि उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । उनलाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ ।