उच्च र जिल्लाका २२ न्यायाधीशको सरुवा तथा काज, एक जना जिल्ला न्यायाधीश नियुक्त (सूची)

  • मङगलबार ३० भौ २०८३ ०८:१५ PM
काठमाडौँ । उच्च र जिल्ला अदालतका २२ जना न्यायाधीशको सरुवा तथा काज भएको छ । न्याय परिषद्को आइतबार बसेको बैठकले उच्च अदालतका सात जना न्यायाधीशको सरुवा तथा काज गरेको छ भने जिल्ला अदालतका १५ जना न्यायाधीशको सरुवा गरेको हो । यस्तै, जिल्ला अदालतको न्यायाधीशमा एक जनालाई नियुक्त गरिएको छ । सर्वोच्च अदालतमा इजलास अधिकृतका रूपमा कार्यरत न्याय सेवातर्फका उपसचिवलाई जिल्ला न्यायाधीशमा नियुक्त गरिएको हो । नवनियुक्त जिल्ला न्यायाधीशलाई कैलाली जिल्ला अदालतमा पदस्थापन गरिएको छ । सूची :