काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालबीच मंगलबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखज्यूको कार्यकक्षमा भेट भएको हो । भेटमा संघीय संसदलाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन गर्न सकिने काम, डिजिटल संसदको सन्दर्भ, चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको थियो ।