काठमाण्डु – नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले अस्थायी (फिल्ड) अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरेको छ । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका बाढी प्रभावितका लागि नुवाकोटको विदुरमा ५ शैयाको लेभल–१ अस्पताल भदौ १४ गतेबाट सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षक सहितको विशेषज्ञ चिकित्सक टोली त्यस ठाउँमा