भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी समस्या समाधान गर्न आवश्यक कानून निर्माण गरी छिट्टै संसद्मा विधेयक पेश गर्ने प्रतिबद्धता जनाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले सोधेको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री रावलले गुठी जग्गासम्बन्धी विद्यमान समस्या समाधानका लागि आवश्यक अध्ययन तथा विज्ञ र सरोकारवालासँग छलफल भइरहेको जानकारी दिइन् ।