काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले रु. १ करोड ५३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब तथा भत्ताबाट रकम जुटाएर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा कुल रु. १,५३,९५,०२२ सहयोग गरेका हुन्। बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले उक्त रकमको चेक नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशिल हुमागाईं, मार्केटिङ एण्ड सेल्स विभागकी विभागीय ... The post बाढीपीडितको राहतका लागि कृषि विकास बैंकका कर्मचारीद्वारा १ करोड ५३ लाख सहयोग appeared first on Kalika Khabar.