परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खनालले नेपालले छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले भारत र चीनसँगको सम्बन्धलाई थप