सांसद ऐनबहादुर महर प्रश्न -के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षहरूबाट मात्रै अपेक्षा गरिएको हो ?

  • मङगलबार ३० भौ २०८३ ०५:३१ PM
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तापक्षबाटै पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने व्यवहार भइरहेको आरोप लगाए। ‘प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै माननीय सदस्यहरूको दायित्व हो र यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ। हामीले धेरै पटक आग्रह गरिसकेका छौँ। यो विषय उठान गरिसकेका छौँ। सरकार पक्षबाट, सत्तापक्षबाट पटक–पटक यो सदनको गरिमा आँच आउने गरी, मर्यादामा आँच आउने गरी व्यवहार भइरहेका छन् र त्यो प्रकारको कार्यशैली र व्यवहार यहाँ प्रकट भइरहेको छ,’ उनले भने। महरले सदनको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो कि सरकारबाट पनि हो भन्दै प्रश्न गरे। ‘म प्रश्न सोध्न चाहन्छु, के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षहरूबाट मात्रै अपेक्षा गरिएको हो