काठमाण्डु – काठमाण्डु निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुनिल केसीले आफ्नो आलोचना गर्नेहरूलाई साइबर ब्युरो लगाउने धम्की दिएका छन् । सोमबार शंखरापुर नगरपालिका ९ संकल्प नेपालले निर्माण थालेर अलपत्र छाडेको वृद्धाश्रमबारे सार्वजनिक लेखा समितिको टोलीसँगै निर्वाचन क्षेत्र पुगेका केसीले आलोचना गर्नेहरूलाई साइबर ब्युरो लगाएर ठीक पार्ने बताएका हुन् ।