काठमाडौं । प्रभु बैंकले प्राकृतिक विपद्का कारण प्रभावित तथा घाइतेहरूको सहयोगार्थ देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले मंगलबार एकै समयमा केन्द्रीय कार्यालय बबरमहलसहित आठवटा शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । बैंकका अनुसार बागमती प्रदेशमा केन्द्रीय कार्यालय